सञ्चारिका समूह नेपाल मकवानपुरले मनायाे ११५ औं अन्तर्राष्ट्रिय नारी दिवस

संवाददाता
२०८१ फाल्गुन २४, शनिबार १६:५३

हेटौंडा । सञ्चारिका समुह नेपाल मकवानपुरले ११५ औं अन्तर्राष्ट्रिय नारी दिवसको अवसरमा समाजिक रुपान्तरणमा महिला पत्रकारको भूमिका, चुनौति र अवसर विषयक अन्तरक्रिया कार्यक्रम सम्पन्न गरेको छ । हेटौंडा-४ स्थित नेपाल पत्रकार महासंघको सभाहलमा शनिबार भएको कार्यक्रममा सबै महिला र बालिकाको लागि  अधिकार  समानता र सशक्तीकरण भन्ने उद्देश्यले नारीदिवस मनाइएको हो ।

सञ्चारिका समुह नेपाल मकवानपुरकी अध्यक्ष निशा गुरुङको सभाध्यक्षतामा भएको अन्तरक्रिया कार्यक्रममा हेटौंडा उपमहानगरपालिकाकी प्रमुख मिना कुमारी लामाको प्रमुख आतिथ्यता रहेको थियो । कार्यक्रमलाई सम्बोधन गर्दै प्रमुख लामाले समाज परिवर्तनका निम्ति महिला पत्रकारको ठुलो योगदान रहेको बताईन् । उनले सामाजिक, आर्थिक, राजनीतिक रूपान्तरणका लागि महिला पुरुषबिच समान अधिकार हुनुपर्ने बताईन् । प्रमुख लामाले आफ्नो हक अधिकारका लागि महिलाहरू एकताबद्ध भए लड्नुपर्ने जिकिर पनि गरे । उनले सञ्चारिका समूह नेपाल मकवानपुरमा कोष खडा गर्न हेटौंडा उपमहानगरपालिकाले सहयोग गरिने प्रतिबद्वता जनाए ।

सोही अवसरमा औषधि व्यवसायी संघ मकवानपुरका अध्यक्ष नारायणलाल श्रेष्ठले समूहलाई २ सय थान सेनेटरी प्याड वितरण गरिएको छ ।

कार्यक्रममा नेपाल पत्रकार महासंघ मकवानपुरकी उपाध्यक्ष भावना रिजाल, नेपाल पत्रकारमहासंघ मकवानपुरकी पूर्व उपाध्यक्ष सम्झना कार्की , सञ्चारिका समूह नेपाल बागमती प्रदेशकी अध्यक्ष सरिता दाहाल रहनु भएकाे थियाे ।त्यसै गरि  नेपाल पत्रकार महासंघ बागमती प्रदेशका उपाध्यक्ष हरि हुमागाईँ, स्वतन्त्र पत्रकार संघका केन्द्रीय उपमहासचिव सुरेश श्रेष्ठ, प्रेस सेन्टर नेपाल मकवानपुरका अध्यक्ष एमपी शर्मा, प्रेस युनियन मकवानपुरका अध्यक्ष सुवास बिडारी र स्वतन्त्र पत्रकार संघ मकवानपुरका अध्यक्ष राजनघिमिरे(अनुराग)   लगायतको आतिथ्यता रहेको थियो ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*