हेटौंडामा खानेपानीको मिटर चोरीको आरोपमा एक युवक पक्राउ

संवाददाता
२०८१ फाल्गुन २३, शुक्रबार १९:४५

हेटौंडा । हेटौंडा उपमहानगरपालिका–२ वनस्खण्डी बस्ने २१ वर्षीय सुरेश कुमाललाई खानेपानीको मिटर चोरी गरेको आरोपमा प्रहरीले पक्राउ गरेको छ । कुमाललाई मिटरसहित प्रहरीले पक्राउ गरेको हो ।

हेटौंडा–४ भुवनसिंहपथस्थित यमबहादुर लामिछानेको घरमा जडान गरेको खानेपानी धाराको मिटर बिहीबार राति चोरी भएको थियो । मिटर लिएर सडकमा हिँडिरहेको अवस्थामा पक्राउ गरिएको प्रहरी नायब उपरीक्षक एवं प्रवक्ता श्यामु अर्यालले बताए ।

कुमाललाई थप अनुसन्धानका लागि जिल्ला अदालत मकवानपुरबाट ७ दिनको म्याद थप गरिएको छ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*