मकवानपुरमा डढेलो नियन्त्रणका लागि स्वयम् सेवक परिचालन

हेटौंडा । मकवानपुरको धेरै जसो स्थानहरुका सुख्खायाम लागे सगैं डढेलोको घटनाहरु बढ्न लागेको छ । पत्झर मौसम सुरु भए सगै वन जंगलमा सुख्खायाम बढेको हो । त्यस क्रममा मानिसहरु जंगलमा घाँस दाउरा गर्न जादा अर्थवा वनभोज जस्ता कार्य गर्दा चुरोटको झिल्का र बालेको आगो राम्रोसँग ननिभाउदा वन जंगलमा डढेलोको सम्भावना बढ्ने गरेको छ ।
यस पटक डिभिजन वन कार्यालय मकवानपुरले २१० वटा सामुदायिक वनमा डढेलो नियन्त्रणका लागि स्वयम् सेवक परिचालन गरिएको छ । आगलागीका घटना न्यूनीकरण गर्न स्वयम्सेवकहरु पनि क्रियाशील बनेका छन् ।
डिभिजन वन कार्यालय मकवानपुरले स्थानीय तह, वडा तथा सामुदायिक वनसम्म पुगेर सचेतना सुरु भएको हो । स्वयमंसेवक, डिभिजन वन कार्यालय र सामुदायिक वन समितिको सक्रियतामा सचेतनासँगै अग्नीरेखा निर्माण र नियन्त्रित डढेलोको काम सुरु गरिएको डिभिजन वन कार्यालय मकवानपुरका योजना अधिकृत तथा डढेलो नियन्त्रण कार्यका फोकल पर्सन हेम कुमार पाठकले बताए ।डढेलोको पूर्व तयारीका लागि उपभोक्ता र डिभिजन वन कार्यलय र स्थानीय तहले पन्चवर्षे कार्ययोजना बनाएर काम गर्दै छन् । डिभिजन वन कार्यालय मकवानपुरले पनि अग्नी नियन्त्रण सामाग्री खरिद गरेर नेपाली सेना, नेपाल प्रहरी, ससस्त्र प्रहरी समेतको सहयोगमा काम गर्नेगरी तयारी थालिएको पाठकले बताए ।
डिभिजन वन कार्यालय मकवानपुरका अनुसार वन डढेलो लगाएमा वन ऐन २०७६ अनुसार विगो असुल गरी ६० हजार जरिवाना र तीन वर्ष कैदको व्यवस्था छ ।