उर्जा मन्त्रालयद्वारा कार्यकारी निर्देशक घिसिङलाई सफाइ पेशको पत्र

काठमाडौ । नेपाल विद्युत् प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङलाई उर्जा, जलस्रोत तथा सिँचाइ मन्त्रालयले सफाइ पेशको लागि पत्र पठाएको छ ।
पत्रमा कार्यसम्पादन सम्झौता समयमै नबुझाएको, नेपाल–भारत बिजुली आदान–प्रदानमा अधिकारविना हस्ताक्षर गरेको, मन्त्रालयले दिएको निर्देशन कार्यान्वयन नगरेको र कार्यकारी निर्देशकको काम कर्तव्य पालना नगरेको भन्दै ‘तपाईँसँगको सम्झौता अन्त्य गरी तपाईंको नियुक्ति किन रद्द नगर्ने र पदबाट किन नहटाउने रु’ भन्ने कुरा पत्रमा उल्लेख गरिएको छ ।