सरकार मानव अधिकारको रक्षा र मौलिक हकहरूको कार्यान्वयनमा प्रतिबद्ध छौँ : प्रधानमन्त्री ओली

संवाददाता
२०८१ फाल्गुन २१, बुधबार २०:०२

काठमाडौं– प्रधानमन्त्री केपी शर्मा ओलीले सरकार मानव अधिकारको रक्षा र संविधानमा भएका मौलिक हकहरूको प्रभावकारी कार्यान्वयनका लागि पूर्ण प्रतिबद्ध रहेको बताएका छन्।

बुधवार काठमाडौंमा आयोजित राष्ट्रिय मानव अधिकार तथा सामाजिक न्याय मञ्च नेपालको छैटौँ राष्ट्रिय महाधिवेशन उद्घाटन गर्दै प्रधानमन्त्री ओलीले भने, “अहिलेको सरकारले मानव अधिकारको उल्लङ्घन हुन नदिन र कानूनी शासनको पालना गर्न विशेष ध्यान दिन्छ।”

उनले विशेषगरी मानव अधिकारका लागि संघर्ष गरेका दलहरूको सहभागितामा बनेको वर्तमान सरकारले मानव अधिकार र कानूनको पालना सुनिश्चित गर्न कडा कदम चाल्ने बताए। प्रधानमन्त्री ओलीले भने, “अब व्यवस्थामा परिवर्तन आएको छ र यथार्थमा मानव अधिकारको रक्षा गर्ने वातावरण बनिसकेको छ।”

प्रधानमन्त्री ओलीले आलोचना गर्दै भने, “केही व्यक्तिहरू जो मानव अधिकारका बारेमा बोल्छन्, उनीहरूको उद्देश्य सही छैन। सत्य कुरा बोल्दा मानव अधिकारका रक्षकलाई धम्क्याउने असामाजिक क्रियाकलापहरू पनि भएका छन्।” उनले थपे, “अहिलेको सरकारले मानव अधिकार हनन्कर्ताहरुलाई कानूनी दायरामा ल्याउनेछ।”

प्रधानमन्त्री ओलीले लोकतन्त्रका लागि भएका शहिदहरूको बलिदानको सम्झना गर्दै भने, “आजको मुलुकमा मानव अधिकार सुनिश्चित गरिएको छ, यो शहिदहरूको त्यागको परिणाम हो।” उनले पञ्चायती शासनविरुद्धको आन्दोलनका शहिदहरूको त्याग र बलिदानलाई स्मरण गर्दै, “राजतन्त्र पुनःस्थापनाको कुरा गर्नु स्वीकार्य छैन।”

प्रधानमन्त्री ओलीले विश्वयुद्धको समयदेखि नै नेपालमा मानव अधिकारको अभियान प्रारम्भ भएको कुरा स्मरण गर्दै, “नेपालको प्राकृतिक सौन्दर्य र उर्बर भूमि सबै नेपालीको जीवन सहज, विभेदरहित र निर्भय हुनुपर्छ।” उनले देशको विकासका लागि गरिबी र भोकमा तड्पिरहेका बालबालिकाको हकमा पनि सरकार काम गर्दैछ भन्नेमा जोड दिए।

उक्त कार्यक्रममा, राष्ट्रिय मानव अधिकार आयोगका अध्यक्ष तपबहादुर मगरले एलायन्सद्वारा पहिलो पटक स्थापित रु एक लाख राशीको “केपी शर्मा ओली मानव अधिकार तथा स्वतन्त्रता पुरस्कार” वरिष्ठ पत्रकार भैरव रिसाललाई प्रदान गरे।

कार्यक्रममा नेकपा (एमाले)का जनसङ्गठन संयन्त्रका संयोजक भानुभक्त ढकाल, एलायन्सका इन्चार्ज विष्णु रिजाल, नेपाली काँग्रेसका सामाजिक सेवा विभाग प्रमुख दलबहादुर रावल, गैह्रसरकारी संस्था महासङ्घका अध्यक्ष राम सुवेदीलगायतका व्यक्तिहरूले पनि सहभागिता जनाए।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*