विश्व गैर सरकारी संस्था दिवसको अवसरमा मकवानपुरमा शुभकामना आदान प्रदान कार्यक्रम सम्पन्न

संवाददाता
२०८१ फाल्गुन १५, बिहीबार १८:१०

हेटौंडा । विश्व गैर सरकारी संस्था दिवसको अवसरमा मकवानपुर गैरसरकारी संस्था महासंघले हेटौंडामा शुभकामना आदान प्रदान कार्यक्रमको आयोजना गरेको छ। यो दिवस १९४५ मा स्थापना भएको हो र आजका दिनमा गैरसरकारी संस्थाहरुले समाजमा महत्वपूर्ण भूमिका निर्वाह गर्दै आएका छन्।

कार्यक्रममा शुभकामना प्रदान गर्दै गैर सरकारी संस्था नेपालका केन्द्रीय सचिव बुद्ध शरण लामाले गैरसरकारी संस्थाहरुको उत्पत्तिको इतिहासको बारेमा बोल्दै भने,हामीले आफैं स्वेच्छिक रूपमा संघ स्थापना गरी समाजका विभिन्न क्षेत्रमा काम गर्दै आएका छौं। मकवानपुरमा एकल महिला समूहको गठन हुनु गर्वको कुरा हो ।

मकवानपुरका अध्यक्ष रमिला सापकोटाले गैरसरकारी संस्थाहरुलाई पारदर्शिता र छर्लङ्गता कायम गर्दै आफ्नो काम गर्न आग्रह गर्दै भनिन्, हामीले गरेका कार्यहरु सबैलाई स्पष्ट र पारदर्शी रुपमा प्रस्तुत गर्नु पर्छ, जसले गर्दा जनतामा विश्वास उत्पन्न होस्।

कार्यक्रममा मकवानपुरबाट केन्द्रिय महाधिवेशनका लागि २१ जना प्रतिनिधिहरुको चयन गरिएको जानकारी पनि दिइयो। केन्द्रिय महाधिवेशन आगामी फागुन २७ र २८ गते काठमाडौंमा हुने तय गरिएको छ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*