यातायातलाई प्रविधिमैत्री बनाउछौँ : मन्त्री महर्जन

हेटौंडा । बाग्मती प्रदेशका श्रम रोजगार तथा यातायात मन्त्री प्रेमभक्त महर्जनले यातायात क्षेत्रलाई डिजिटलाइज बनाउन पहल गरिरहेको बताउनु भएको छ । हेटौंडाको टिसिएन चौरमा चलिरहेको दोस्रो राष्ट्रिय निर्माण तथा व्यापार महोत्सवलाई सुभकामना दिंदै मन्त्री महर्जनले यस्तो बताउनुभएको हो ।
मन्त्री महर्जनका अनुसार, यातायात क्षेत्रमा प्रविधिको प्रयोग बढाउँदै डिजिटल सुविधाहरू लागू गरिनेछन्। उहाँलेले भन्नुभयो, “अब सवारी साधनको बिलबुक नवीकरणदेखि लाइसेन्स नवीकरणसम्म सबै प्रक्रियाहरू डिजिटल माध्यमबाट गर्न सकिने छन्। यसले यातायात कार्यालय धाइरहनुपर्ने अवस्थाको अन्त्य गर्नेछ।
मन्त्री महर्जनले यातायात कार्यालयमा लामो समयसम्म धाउनुपर्ने कठिनाइलाई हटाउने क्रममा नागरिक एपको उपयोग गर्ने योजना पनि प्रस्तुत गर्नुभयो। जस अनुसार, सवारीचालकहरूले अब लिखित र ट्रायल परिक्षा दिएपछि नागरिक एप मार्फत घरमै बसेर लाइसेन्स प्राप्त गर्न सक्नेछन्।
आफुहरुको यो प्रयासले बाग्मती प्रदेशको यातायात क्षेत्रलाई अझ प्रभावकारी, प्राविधिक र नागरिकमैत्री बनाउने लक्ष्य राखेको मन्त्री महर्जनले स्पष्ट पार्नुभयो ।