हेटौंडामा स्मार्ट स्ट्रीट बनाउने घोषणा

हेटौंडा– बागमती प्रदेशका भौतिक पूर्वाधार तथा विकास मन्त्री अमन कुमार मास्केले हेटौंडामा स्मार्ट स्ट्रीट निर्माण गर्ने घोषणा गरेका गर्नुभएको छ । उहाँले हेटौंडाको टि सि एन चौरमा चलिरहेको दोस्रो राष्ट्रिय निर्माण तथा व्यापार महोत्सवको उद्घाटन कार्यक्रममा संबोधन गर्दै यस्तो बताउनुभएको हो ।
मन्त्री मास्केले आगामी दिनहरूमा हेटौंडालाई थप आधुनिक र स्मार्ट बनाउनका लागि विभिन्न परियोजनाहरू अघि बढाइने जानकारी दिनुभयो । स्मार्ट स्ट्रीट परियोजना अन्तर्गत, हेटौंडामा आधुनिकता ल्याउने लक्ष्य राखिएको छ, जसमा स्मार्ट लाइटिङ, फुड स्टलहरु, आधुनिक पैदल यात्री मार्ग र डिजिटलीकरणको व्यवस्था गरिनेछ ।
उनले भन्नुभयो, हेटौंडा अहिलेको समयको माग अनुसार विकास हुँदैछ, र हामीलाई आधुनिक पूर्वाधार निर्माणको दिशा तर्फ अघि बढ्नु पर्ने आवश्यकता छ । स्मार्ट स्ट्रीटले हेटौंडालाई सुरक्षित र सुन्दर बनाउनेछ ।