नेपाली जनप्रगतिशील मञ्च कतारले मनायो जनयुद्ध दिवस

कतार । नेपाली जनप्रगतिशील मञ्च कतारले ३० औं जनयुद्ध दिवस कतारको फूलबारी रेष्टुरेन्टमा भव्यताकासाथ मनाएको छ । सयौँ वर्षदेखि राजाहरुले शासन गर्दै आएका शासक वर्गहरुको अन्त्य र नेपालमा नेपाल र नेपालीको आमूल परिवर्तनको निम्ति संघिय लोकतान्त्रिक गणतन्त्रको स्थापनाको परिकल्पनासहित वि.स २०५२ फागुन १ गतेका दिन तत्कालीन श्री ५ को सरकारसँग शस्त्र बिद्रोहको घोषणा गरी शस्त्र आन्दोलन तत्कालीन नेकपा माओवादीले आजको यो व्यवस्था ल्याउनको लागि सुरुवात गरेको थियो, यहीँ दिनलाई सम्झेर माओवादीले उत्सवको रुपमा मनाउँदै आएको छ । मञ्चका अध्यक्ष राजेन्द्र देवकोटाको अध्यक्षत र नेकपा माओवादी केन्द्रका केन्द्रीय सदस्य तथा एसिया प्रदेश ( सार्क बाहेक ) प्रदेश सह – इनचार्ज डि.बि. क्षेत्रीको प्रमुख आतिथ्यतामा भएको थियो । क्षेत्री हजारिया अभियानता तथा अहिलेको सामाजिक सुरक्षा कोषका अभियान्ता पनि हुन् । यस्तै, अतिथिको आसन ग्रहण लगतै नेपाली राष्ट्रिय गान, सहिद स्म्रण गरेर दिप प्रज्वलन गरी प्रमुख अतिथि क्षेत्रीले कार्यक्रमको उद्घाटन गरेका थिए, भने कतारमा स्थापित सम्पूर्ण संघ / संस्थाका प्रमुख तथा प्रतिनिधिहरु सहित माओवादी आस्थावानहरुको बाक्लो उपस्थित रहेको थियो ।
कार्यक्रममा माओवादी केन्द्र एसिया प्रदेश ( सार्क बाहेक ) संयोजक शनि कुमार ओलीको पनि विशेष उपस्थित रहेको थियो । संयोजक ओलीले आफ्नो मन्तव्य राख्ने क्रममा माओवादी आन्दोलन र जनयुद्ध हिजो र आज पनि सही थियो र छ भन्ने प्रष्ट पारेका थिए । ओलीले जनयुद्धलाई प्रतिगामी तत्वहरुले गलत तरिकाले ब्याख्या / अपब्याख्या गरेको प्रति दु:ख व्यक्त गर्दै यसो नगर्न पनि चेतावनी दिएका छन् । यो आन्दोलनले सम्पूर्ण सिमान्तकृत वर्गहरुको अधिकार र हितको निम्ति रहेको बताउँदै स्वोर्गिय गिरीजा प्रसाद कोईराला र माधाव नेपालले आन्दोलन सफल बनाउनको निम्ति सहयोग गरेको र त्यो सहयोग बिना सफल नहुने पनि ओलीले बताएका थिए । ओलीले बहुमतको आडमा नेपाली जनताको हक अधिकारलाई कुण्ठित गर्ने गरी अहिलेको सरकारले संविधान संसोधन गर्न खोजेको आरोप लगाएका छन् र यसो नगर्न नेपाल सरकारलाई आग्रह गर्दै संसोधन गर्नै परे पूर्ण समानुपातिक सहित कार्यकारी राष्ट्रपति र विज्ञ मन्त्रीको व्यवस्था सहित गरिनु पर्ने माग गरेका थिए ।
त्यसैगरी, कार्यक्रममा आफ्नो मन्तव्य राख्ने क्रममा प्रमुख अतिथि रहेका क्षेत्रीले परदेशमा रहेका सम्पूर्ण श्रमिकहरुलाई एकजुट भएर राम्रा काम गर्नेलाई साथ र सहयोग गर्न अपिल गरेका थिए । आफूले एन.आर.एन. अभियाममा रहदा हरेरा अभियान संचालन गरेको र अहिले त्यहीँ अभियानलाई नेपाल सरकारले सामाजिक सुरक्षा कोषको रुपमा स्थापित गरेको प्रति खुशी व्यक्त गर्दै यस अभियानमा प्रवासमा रहेका सम्पूर्ण नेपाली श्रमिकहरुलाई जोडिनको लागि पनि अपिल गर्दै वि.सं. २०८४ सालको चुनावमा माओवादी केन्द्रलाई बहुमतको भोटको लागि पनि अपिल गरेका थिए । कार्यक्रममा कतारमा रहेका कलाकारहरुले विभिन्न क्रान्तिकारी गीतमा आफ्नो प्रस्तुति पनि राखेका थिए ।