नेपाल विद्यार्थी संघ मकवानपुर बहुमुखी क्याम्पसमा सागर घिमिरेको नेतृत्वमा ३२ सदस्यीय एकाइ समिति गठन

संवाददाता
२०८१ फाल्गुन ४, आईतवार १७:३३

हेटौंडा – नेपाल विद्यार्थी संघ (नेविसंघ) मकवानपुर बहुमुखी क्याम्पस इकाई समिति बृहत विद्यार्थी भेलाबाट विस्तार गरिएको छ। सागर घिमिरेको नेतृत्वमा ३२ सदस्यीय एकाइ समिति गठन गरिएको हो।

कार्यक्रममा उपसभापति उत्सव न्यौपाने, निर प्रताव सिंह, प्रशान्त सापकोटा, र अजित घिमिरे चयन भएका छन्। सचिवमा उत्सब दुङ्गगाना र प्रमेश्वर अधिकारी चयन भए भने सह-सचिवमा प्रज्वल अधिकारी, निलिमा दुङ्गगाना, बिमला अधिकारी, र राज चैलागाई चयन भएका छन्।

यस्तै, कोषाध्यक्षको रूपमा क्रिसन थिङ चयन भएका छन्। अन्य सदस्यहरूमा विज्ञान विडारी, उचित बजगाई, मनिस बर्तौला, लोनिस सापकोटा, मनिसा घिमिरे, सुरज देबकोटा, सुमान लामा, सुसन कार्की, प्रसान्त गौतम, अतित अधिकारी, निरज गौतम, निशान्त बिक्रम दाहाल, चन्दन कुसवा, सिदार्थ पराजुली, शुभम सागर श्रेष्ठ, अनिश कार्की, मन्दिप छेत्री, अमन कर्माचार्य, निश्चल घिमिरे, पहिचान जमकटेल, सुजिन सापकोटा, अपना दाहाल, जनम धिताल, सन्दिप डोटेल, समर लामा, अम्रता लामा, बिनिता देबकोटा, कबिता संजेल, राजेश दाश, इशा राई, रुबिन महर्जन, र अविषेक मैनाली रहेका छन्।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*