जनयुद्ध दिवसमा नेकपा बहुमतद्वारा दिप प्रज्वलन

संवाददाता
२०८१ फाल्गुन १, बिहीबार २१:३३

हेटौंडा । नेकपा बहुमतले हेटौंडामा दिप प्रज्वलन कार्यक्रमको आयोजना गरेको छ । ३० औं जनयुद्ध दिवसको अवसरमा बहुमत मकवानपुरले दिप प्रज्वलन तथा शुभकामना आदानप्रदान कार्यक्रमको आयोजना गरेको हो ।

नेकपा बहुमत हेटौंडाका संयोजक सुमनको अध्यक्षतामा भएको कार्यक्रममा बहुमतका केन्द्रीय सल्लाहकार समिती सदस्य धावाको प्रमुख आतिथ्यता रहेको थियो ।
कार्यक्रममा केन्द्रीय सल्लाहकार समिती सल्लाहाकार पेन्सन, नेताहरु प्रल्हाद गौतम, टेकबहादुर, चिनबहादुर लगाएतको आतिथ्यता रहेको थियो ।

कार्यक्रममा बोल्दै प्रमुख अतिथी धावाले आवाश्यक परेमा देशको मुक्तिको लागि पुनः जनयुद्ध गर्न सकिने बताए । समाजवादी गणतन्त्र स्थापनाको लागि पार्टिले आवश्यक परे पुन क्रान्तिकारी सेना निर्माण गरि जनयुद्धको दिशालाई अवलम्बन गर्न सक्ने उनले चेतावनी दिए ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*