फागुन ७ गतेदेखि शान्तिटोल टोल विकास संस्थाले श्रीमदभागवत सप्ताह ज्ञान महायज्ञ लगाउदै 

संवाददाता
२०८१ माघ २७, आईतवार १०:३७

हेटौंडा । हेटौंडा -६ मा रहेको शान्तिटोल टोल विकास संस्थाले श्रीमदभागवत सप्ताह ज्ञान महायज्ञ गर्ने भएको छ ।
संस्थाले आज मूल आयोजक समिति एवं उपसमिति घोषणा तथा सचिवालय उद्घाटन कार्यक्रममा शान्तिटोलमा रहेको विपी गणेशमान स्मृति शान्ति पार्कमा राधाकृष्ण मन्दिर एवं ज्येष्ठ नागरिक भवन निर्माणका लागि फागुन ७ गतेदेखि १५ गतेसम्म सप्ताह ज्ञान महायज्ञ गर्न लागेको जानकारी दिइएको हो ।

कार्यक्रममा टोल विकास संस्थाका अध्यक्ष केशव धितालको संयोजकत्वमा १९५ मूल समारोह समिति, राम अधिकारीसहितको सचिवालय उपसमिति, पूर्णभद्र चौलागाईंसहितको आर्थिक उपसमिति, रूपेश दुलालसहितको प्रचारप्रसार उपसमिति, अर्जुनप्रसाद चौलागाईंसहितको जनसम्पर्क उपसमिति, केशव धितालसहितको अतिथि सत्कार उपसमिति, विष्णुप्रसाद सापकोटासहितको सरसफाई उपसमिति, रन्जिता भेटवालसहितको प्रसाद वितरण उपसमिति र रामप्रसाद सापकोटासहितको भान्सा व्यवस्थापन उपसमिति गठन गरेको घोषणा गरिएको थियो ।

कार्यक्रममा नेपाली कांग्रेस मकवानपुरका प्रवक्ता अर्जुनप्रसाद चौलागाईं, राप्रपाका वडा अध्यक्ष केदारबहादुर राई, प्रदेश दुग्ध विकास बोर्डका सदस्य बासुदेव सापकोटा, टोल विकास संस्था हेटौंडा ६ नम्बर वडा समन्वय समितिका अध्यक्ष बासुदेव खतिवडा, रेसुङ्गा युवा क्लवका अध्यक्ष श्रीराम खतिवडा, कामधेनु बहुद्धेश्यीय सहकारी संस्थाका अध्यक्ष उदय विडारी लगायतले मन्तव्य व्यक्त गरेका थिए ।

हेटौंडा-६ का वडा अध्यक्ष विष्णुबहादुर दाहालको प्रमुख आतिथ्यता एवं महायज्ञ मूल समारोह समितिका संयोजक तथा टोल विकास संस्थाका अध्यक्ष केशव धितालको सभाध्यक्षतामा भएको कार्यक्रममा राजनीतिक दल, टोल विकास संस्था, क्लव, धार्मिक संघसंस्था लगायतको उपस्थिति रहेको थियो ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*