नारायणगढ–मुग्लिन सडकमा २८ जना सवार बस दुर्घटना

संवाददाता
२०८१ माघ २७, आईतवार १०:३०

चितवन । आज बिहान नारायणगढ–मुग्लिन सडकअन्तर्गत सेतीदोभानमा बस दुर्घटना भएको छ । बिहान साढे ४ बजे २८ जना सवार बस दुर्घटना भएको हो ।

नेपालगन्जबाट काठमाडौं जाँदै गरेको लु प्र ०३–००१ ख ००७७ नम्बरको बस नारायणगढ–मुग्लिन सडकअन्तर्गत सेतीदोभानमा दुर्घटना भएको प्रहरीले जनाएको छ । दुर्घटनामा २५ जना घाइते भएको जसमध्ये २ जनाको अवस्था गम्भीर रहेको प्रहरीले जनाएको छ ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*