चितवनमा मिनीट्रक दुर्घटना हुदा १९ वटा खसी बोकाको मृत्यु

चितवन । चितवनमा खसीबोका बोकेको मिनीट्रक दुर्घटना हुदा १९ वटा खसी बोका मरेका छन् । उक्त मिनीट्रकमा बर्दियाबाट एक सयभन्दा बढी खसी बोका काठमाडौंतर्फ लगिइँदै गर्दा बिहान करिब साढे ६ बजेको समयमा दुर्घटना भएको प्रहरीले जनाएको छ ।
इलाका प्रहरी कार्यालय मुग्लिनका प्रमुख प्रहरी निरीक्षक निरला भण्डारीका अनुसार भे १ क २३६२ नम्बरको मिनीट्रक अनियन्त्रित भई पृथ्वीराजमार्गअन्तर्गत चितवनको इच्छाकामना–४ लेवाटारमा दुर्घटना भएको थियो ।