सल्यान महोत्सव स्थलमा आगलागी

संवाददाता
२०८१ माघ २७, आईतवार १०:१६

सल्यान ।  सल्यानकाे दोस्रो बृहत सल्यान महोत्सव स्थलमा आगलागी भएको छ । राष्ट्रिय लोकदोहोरी प्रतिष्ठान सल्यानले आयोजना गरकेो दोस्रो बृहत सल्यान महोत्सव स्थलमा आगलागी भएको हो ।

१८ गतेबाट जारी महोत्सवमा हिजो ८औं दिन राती आगलागी हुँदा करोडौं मुल्य बढीको सामान जलेर नस्ट भएको छ ।आगलागी बाट ८ करोड बढिकाे क्षति भएको अनुमान गरिएको राष्ट्रिय लोकदोहोरी प्रतिष्ठान सल्यानका सचिव नोखिराम थापाले जानकारी दिनुभयो ।

महोत्सवमा राखिएका १३५ स्टल मध्य ८० स्टलमा आगजानी भएको सचिव थापाले जानकारी दिनुभयो । उहाँका अनुसार गएराती ११ वजे स्टलमा आगलागी भएको हो ।

नेपाली सेना, नेपाल प्रहरी, सशस्त्र प्रहरी र स्थानीयद्वारा राती नै आगो नियन्त्रणमा लिएको सल्यान प्रहरी प्रमुख केशर न्यौपानेले जानकारी दिनुभयो । उहाँका अनुसार क्षतिको बिबरण आउन र आगो के कसरी आगलागनी भएको अनुसन्धान भैरहेको छ ।।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*