धनगढीमा १४ वर्षीया किशोरीमाथि जबरजस्ती

संवाददाता
२०८१ माघ २७, आईतवार १०:०८

धनगढी । धनगढीमा १४ वर्षीया किशोरीको बलात्कार भएको छ । धनगढीमा बसेर अध्ययन गर्दै आएकी किशोरीमाथि गत बिहीबार साँझ जबरजस्ती करणी भएको प्रहरीले जनाएको छ । पीडित कक्षा ७ मा अध्ययनरत विद्यार्थी हुन् ।

प्रहरीका अनुुसार स्कुलबाट घर फर्किने क्रममा सडकमा रोकेर १८ वर्षीय युवकले चक्कु देखाउँदै आफूसँग नहिँडे मारिदिने धम्की दिएर उनको घर पुगेकी बताईएको छ । किशोरीमाथि घरमै जबरजस्तीकरणी गरेर युवक भागेका छन् । पीडित किशोरीले शनिबार मात्र प्रहरीलाई घटनाबारे खबर गरेकी थिइन् ।

किशोरीलाई चक्कु देखाउँदै डर, त्रासमा पारेर घरमै लगेर जबरजस्तीकरण गर्ने युवकको खोजी भइरहेको जिल्ला प्रहरी कार्यालयका प्रवक्ता प्रहरी नायब उपरीक्षक९डीएसपी० कबिन्द्रसिंह बोहराले बताउनु भयो ।

 

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*