हेटौंडामा अनुपम घलान स्मृति अण्डर १६ फुटबल प्रतियोगिता हुदैं

संवाददाता
२०८१ माघ २५, शुक्रबार १६:५४

हेटौंडा ।  हेटौंडामा अनुपम घलान स्मृति अण्डर १६ फुटबल प्रतियोगिता हुने भएकाे छ । हेटौंडा उपमहानगरपालिका नगर खेलकुद विकास समितिकाे आयोजनामा अनुपम घलान स्मृति अन्डर १६ फुटबल प्रतियोगिता २०८१ हुने भएकाे हाे ।

हेटौंडा १२ निवासी अनुपम घलानकाे १३ वर्षको उमेरमा १२ असोज २०८१ मा इन्द्रसरोवर गाउँपालिका-३, सिस्नेरीमा पहिरोमा परी निधन भएको थियो। घलानको निधनपछि उनकाे स्मृतिमा १६ बर्ष मुनीको फुटबल टीम वीच  प्रतियोगिता आयोजना गर्न लागिएको नगर खेलकुद विकास समिति हेटौंडाका अध्यक्ष रविन्द्र प्रसाद घिमिरेले शुक्रबार पत्रकार सम्मेलन मार्फत जानकारी  दिएका छन् ।

हेटौंडा उपमहानगरपालिकाकाे आर्थिक सहयोग तथा नगर खेलकुद विकास समितिकाे व्यवस्थापनमा हुने प्रतियोगिता ७ फागुनबाट हेटौंडा ५ स्थित पिप्ले क्याम्पा रंगशालामा प्रतियोगित हुनेछ । प्रतियोगितामा  प्रथम हुने टिमले १ लाख रुपैया प्राप्त गर्ने छन् भने द्वितीय हुने टिमले ७० हजार रुपैया हात पार्ने छन् । यसैगरी विधागत रुपमा उत्कृष्ट तर्फ समेत पुरस्कारकाे व्यवस्था गरिएकाे छ । सर्वोत्कृष्ठ खेलाडी, उत्कृष्ठ फरवार्ड, उत्कृष्ठ किपर, उत्कृष्ठ प्रशिक्षक, उत्कृष्ट डिफेन्सले जनही ५/५ हजार रुपैंया प्राप्त गर्नेछन् । फिफाकाे नियमानुसार प्रतियाेगिता नक आउटका आधारमा खेलाइने घिमिरे बताए ।

प्रतियोगितामा हेटौंडा उपमहानगरपालिका भित्रका वडाहरुबाट १२ टिमकाे सहभागिता रहने बताइएकाे छ । उक्त प्रतियोगिताले आगामी वर्षबाट निरन्तरता पाउने समेत उनले जानकारी दिए । सहभागी टिम दर्ता ४ फागुन सम्म नगर खेलकुद विकास समितिमा गर्नुपर्ने बताइएकाे छ ।

नगर खेलकुद विकास समिति अध्यक्ष रविन्द्र घिमिरेकाे सभाध्यक्षतामा भएकाे पत्रकार सम्मेलनमा नगर खेलकुद विकास समितिका सदस्यहरु लगायतकाकाे उपस्थिति रहेकाे थियाे ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*