चित्लाङ सडक कालोपत्रे गर्न पन्ध्र करोडको ठेक्का

संवाददाता
२०८१ माघ २५, शुक्रबार १०:४९

मकवानपुर । उत्तरी मकवानपुरको आर्थिक विकासको द्धारको रुपमा रहेको चित्लाङ चन्द्रागिरी थानकोट सडक खण्ड स्तरिकरण एवम् कालो पत्रे गर्नका लागि १५ करोडको ठेक्का आह्वान भएको छ । मकवानपुरबाट निर्वाचित संघीय साँसद एवम् सत्तारुढ दलका मुख्य सचेतक महेश कुमार बर्तौलाको पहलमा चालु आ.व.मा विनियोजित रकम ४ करोड ३१ लाखलाई भौतिक पुर्वाधार तथा यातायात मन्त्रालयले बर्तौलाकै पहलमा १० करोड ६९ लाख बजेट वृद्धी गरी १५ करोडको ठेक्का आह्वान गरेको हो ।

यस ठेक्का मार्फत सडकलाई अहिले भईरहेको काममा थप नाली निर्माण तथा कालो पत्रेले निरन्तरता पाउनेछ । अघिल्ले आ.व.मा पनि बर्तौलाकै पहलमा यस सडकले ७ करोड ९९ लाखको ठेक्का भई उक्त सडकमा काम भई रहेको छ । दुर्घटना ग्रस्त क्षेत्र सेतो पहरामा पनि तार जाली मार्फत क्र्यास ब्यारियर निर्माण भईसकेको छ ।

मुख्य सचेतक बर्तौलाको स्वकीय सचिव आशिष अस्लामीले बताए अनुसार बर्तौला आफ्नो कार्यकालमा चित्लाङ चन्द्रगिरी थानकोट सडकलाई पुर्णतया स्तरिकरण गरी उत्तरी मकवानपुरको थाहा नगरलाई समृद्ध बनाउन चाहन्छन् । अस्लामीले भने– “माननीय मुख्य सचेतकज्यू यो सडकलाई थाहा सम्म मात्रै नभएर कैलाश, राक्सिराङ हुँदै मनहरी सम्म बनाउन चाहनु भएको छ ।

उहाँले थाहा देखी मनहरी सडकलाई रुपचन्द्र विष्ट मार्गको नामबाट अध्ययन तथा चालु आ.व.मै १ करोड ६२ लाखबाट निर्माण थालनी गर्नु भएको छ । उहाँथाहा नगरलाई केन्द्रमा राखेर भीमफेदी र इन्द्रसरोबर सहित पर्यटन करिडोर बनाई एकिकृत पर्यट विकास गर ग्रामिण अर्थतन्त्र वृद्धी गर्न चाहनु भएको छ ।”

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*