रवि लामिछाने धरौटीमा रिहा

हेटौंडा । राष्ट्रिय स्वतन्त्र पार्टी ९रास्वपा० का सभापति रवि लामिछाने धरौटीमा रिहा भएका छन् । उनी अदालतले मागेको १ करोड रूपैयाँ बापतको बैंक ग्यारेन्टी बुझाएर रिहा भएका हुन् ।
आइतबार रुपन्देही जिल्ला अदालतका न्यायाधीश प्रल्हादकुमार योगीको इजलासले लामिछानेलाई १ करोड धरौटीमा रिहा गर्न आदेश दिएका थिए ।
लामिछानेमाथि बुटवलको सुप्रिम सहकारीमा रकम अपचलन गरेको आरोप लागेको छ ।