सशस्त्र प्रहरी जवानहरूका लागि १६ वर्षमा अवकाश प्राप्त गर्ने प्रावधानको गृहमन्त्री द्धारा घोषणा

संवाददाता
२०८१ माघ ९, बुधबार १६:३१

 

काठमाडौं । सशस्त्र प्रहरी बल, नेपालको २४औं स्थापना दिवसको अवसरमा गृहमन्त्री रमेश लेखकले महत्वपूर्ण घोषणा गर्नुभएको छ। उहाँले १६ वर्षको सेवापछि सशस्त्र प्रहरी जवानहरूलाई अवकाश प्राप्त गर्ने प्रावधानलाई सशस्त्र प्रहरी बलको नयाँ कानूनमा समावेश गर्ने योजना प्रस्तुत गर्नुभयो। यस प्रावधानलाई सशस्त्र प्रहरी जवानहरूले लामो समयदेखि उठाउँदै आएका थिए, र गृहमन्त्री लेखकले यसलाई कानूनी रूपमा समावेश गर्ने प्रक्रिया केही दिनमै पूरा हुने जानकारी दिनुभयो।

गृहमन्त्री लेखकले सशस्त्र प्रहरी बल र नेपाल प्रहरीलाई थप प्रभावकारी र व्यवस्थित बनाउन नीतिगत र कानूनी सुधारको महत्त्वमा जोड दिनुभयो। “सम्पूर्ण अधिकृतदेखि जवानहरूको आवाजलाई समेटेर यो कानूनको तर्जुमा गरिएको छ, र यसले सशस्त्र प्रहरी बलको पेशेवर र संस्थागत विकासलाई अझ सुदृढ बनाउनेछ,” उहाँले भन्नुभयो।

सशस्त्र प्रहरी बल, नेपालको महानिरीक्षक राजु अर्यालले कार्यक्रमको अवसरमा सीमापार चोरीपैठारी र सीमा सुरक्षा विषयमा प्रगति विवरण प्रस्तुत गर्नुभयो। उहाँले सशस्त्र प्रहरी बलको भूमिकालाई स्पष्ट गर्दै भन्नुभयो, “सशस्त्र प्रहरी बल सीमाका प्रहरीका रूपमा मात्र होइन, नागरिक र समुदायसँग राम्रो सम्बन्ध स्थापित गरेर सुरक्षा सुनिश्चित गर्ने लक्ष्यमा अघि बढिरहेको छ।”

अर्यालले सशस्त्र प्रहरी बलले हालसम्म २,३०८ सीमा स्तम्भहरूको मर्मत र रंगरोदन कार्य पूरा गरेको र सीमा क्षेत्रका सुरक्षा कडा पार्न र अन्तर्राष्ट्रिय अपराध नियन्त्रणमा सक्रिय रहेको जानकारी दिनुभयो। उहाँले सीमा क्षेत्रका नागरिकसँग राम्रो समन्वय र सहयोग गर्न महत्त्वपूर्ण रहेको पनि जोड दिनुभयो।

 

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*