१११ किलो अबैध लागूऔषध गाँजा सहित एकजना पक्राउ

संवाददाता
२०८१ माघ २, बुधबार १०:२१

हेटौंडा–१५ स्थित राटोमाटे चेकपोइन्टमा गरिएको चेकजांचमा १११ किलो अबैध लागूऔषध गाँजा बरामद गरिएको छ। हेटौडातर्फबाट निजगढतर्फ जाँदै गरेको बा ७ च २५१० नम्बरको पिकअप गाडीमा लुकाइ छिपाइ ल्याइएको गाँजा प्रहरीले पत्ता लगाएको हो।

सवारी साधनको पछाडि रहेको ढालामा खाली क्रेटहरु राखेर गाँजा लुकाइएको अवस्थामा प्रहरीले गाडीमा सवार ३४ वर्षीय रावल स्याङ्वोलाई पक्राउ गरेको हो। स्याङ्वो मकवानपुरको कैलाश गाउँपालिका वडा नं २ डाँडाखर्कका स्थायी निवासी रहेका छन्।

प्रहरी नायब उपरिक्षक स्यामु अर्यालका अनुसार उक्त गाँजा र पिकअप गाडीलाई बरामद गरी थप अनुसन्धान गरिरहेको छ। अबैध लागूऔषधको ओसारपसारमा संलग्न आरोपीमाथि कडा कारवाहीको तयारी भइरहेको प्रहरी स्रोतले जनाएको छ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*