६ बजेर ५० मिनेटमा भूकम्पको धक्का
हेटौंडा । मकवानपुरमा भर्खरै ६ बजेर ५० मिनेटमा भूकम्पको धक्का महसुस भएको छ ।
आज बिहान नेपालमा महसुस भएको भूकम्पको केन्द्रविन्दु नेपाल-चीन सीमानाको तिप्बतको दिंगे कान्टीमा रहेको पुष्टि भएको छ ।
खानी तथा भूगर्भ विभागका अनुसार उक्त क्षेत्रमा ७ म्याग्निच्युडको भूकम्प गएको हो । त्यसले नेपालका प्राय ठाउँमा धक्का दिएको छ ।
साथै, चीनलाई केन्द्रबिन्दु बनाएर आएको भूकम्पको बङ्गलादेश नेपाल ,भारत र भुटानमा समेत ठूलो धक्का महसुस भएको छ।