मकवानपुर उद्योग वाणिज्य संघको निर्वाचनमा राजु नेपाल वस्तुगत तर्फको साझा उम्मेदवार

संवाददाता
२०८१ पुष २०, शनिबार १९:५८

हेटौंडा । मकवानपुर उद्योग वाणिज्य संघको आगामी निर्वाचनमा वस्तुगत तर्फको सदस्यका लागि संघका अध्यक्ष राजु नेपाललाई उम्मेदवार बनाउने सर्बसम्मत प्रस्ताव गरिएको छ। शनिबार बस्तीपुरमा भएको संघको भेलामा नेपाललाई उम्मेदवार चयन गर्न र उनका पक्षमा सम्पूर्ण व्यवसायीहरूको साझा उम्मेदवारको रूपमा मतदान गर्ने निर्णय गरिएको हो।

संघका संस्थापक अध्यक्ष गोकर्ण सुबेदी, केन्द्रीय वरिष्ठ उपाध्यक्ष गोपाल प्रसाद ढकाल, केन्द्रीय प्रथम उपाध्यक्ष रामप्रसाद घिमिरे, केन्द्रीय सहसचिव खिलानाथ लुईटेल, विभिन्न वस्तुगत संघका अध्यक्ष र प्रतिनिधिहरूको सहभागिता रहेको यस कार्यक्रममा पूर्व अध्यक्षहरू समेत उपस्थित थिए।

 

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*