संविधान संशोधनका लागि सबै पक्षको सहमति अवश्यक छ : उपप्रधान तथा सहरी विकासमन्त्री सिंह

संवाददाता
२०८१ पुष २०, शनिबार १५:२८

बर्दिवास। उपप्रधानमन्त्री तथा सहरी विकासमन्त्री प्रकाशमान सिंहले संविधान संशोधनका विषयमा सबै पक्षको सहमति आवश्यक रहेकोमा जोड दिनुभएको छ। आज बर्दिवासमा नेपाली कांग्रेसका कार्यकर्तासँगको भेटमा उहाँले वर्तमान सरकार संविधान संशोधन गर्ने सहमतिका साथ गठन भएको बताउनुभयो।

सिंहले भन्नुभयो, हामीले सबै दलसँग पर्याप्त छलफल र गृहकार्य गरेर संविधान संशोधन गर्ने प्रक्रिया अघि बढाउनुपर्छ। उहाँले सरकार गठन भएको समयदेखि नै संविधान संशोधनका लागि सहमतिका पहलहरू गरिरहेका बारेमा जानकारी दिँदै, प्रतिनिधित्व गर्ने सबै दलसँग थप संवाद गर्नुपर्ने आवश्यकता पनि व्यक्त गर्नुभयो।

उपप्रधानमन्त्री सिंहले स्थिर सरकारको महत्त्व पनि व्याख्या गर्दै, ूस्थिर सरकार नै मुलुकलाई विकास र निर्माणको मार्गमा अघि बढाउन योगदान पुर्याउँछ। उहाँले थप्नुभयो, यो सरकार प्रतिनिधिसभाको अर्को निर्वाचनसम्म रहनेछ, र अब आमजनमानसमा सरकार ढाल्ने र बन्ने खेल नहुने आशा जागेको छ।

सिंहले पार्टी कार्यकर्तालाई संगठन विस्तार र गतिविधिहरूलाई ऊर्जावान् तरिकामा अघि बढाउन आग्रह गर्दै, आगामी चुनावमा पार्टीको विजय सुनिश्चित गर्न पार्टीको भूमिकालाई सशक्त बनाउनुपर्ने बताउनुभयो।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*