साईरा कार्कीको लालि जोवन कभर गित सार्बजनिक
काठमाडौं । साईरा कार्कीको नयाँ गीत लाली जोवनको कभर भर्सन हालै सार्वजनिक गरिएको छ । यस गीतको छायांकन पर्यटकीय स्थल घान्द्रुकमा गरीएको हो ।
गितको अझ रोचक पक्ष एक दिनमा आईफोन १५ प्रोम्याक्सबाट छांयाकन गरीएकोे हो । अग्रेजि नयाँ वर्ष २०२५ को अवसरमा उक्त कभर गित ससार्वजनिक गरिएको हो ।
गीतको म्यूजिक भिडियोमा रोमान्चक कथा बस्तुलाई सुन्दर ढंगले आकर्षक रुपमा विषयवस्तु प्रस्तुत गरिएको छ । यस गीतमा साईरा कार्की र सगुन श्रेष्ठको अभिनय रहेको छ ।
लाली जोवन गीत मुग्लान चलचित्रको एक हिस्सा हो, जसमा समावेश गरिएको संगीत र दृश्यहरूले दर्शकहरूको मन जित्ने अपेक्षा गरिएको छ । यो गीतले नयाँ वर्षको शुरुवातसँगै नेपाली संगीत क्षेत्रलाई एक नयाँ उमंग र उत्साह प्रदान गरेको छ ।
गीतको म्यूजिक भिडियोमा साईरा र सगुनको अभिनय, दृश्य र कथा मिलेर एक आकर्षक प्रस्तुति बनाएको छ, आईफोन १५ प्रोम्याक्सबाट म्युजिक भिडियो छांयाकन गरिनुले नेपाली म्युजिक भिडियो उद्योगमा नयाँ प्रयोग भएको छ । गितका छायांकार प्रयास श्रेष्ठले मोबाईलबाट पनि राम्रो स्तरीय म्युजिक भिडियो बनाउन सकिन्छ भन्ने उदाहरण प्रस्तुत गरेका छन् ।