काठमाडौंमा गजकेशर थामे अधिकारीहरुद्वारा आजदेखि मैत्रीपूर्ण फुटसल शुरु हुदै 

निराज रानाभाट
२०८१ पुष २०, शनिबार ०८:५३

काठमाडौं । मुख्य बसोबास धादिङ जिल्लाको साबिक मार्पाक गा.वि.स. रहेको थामे अधिकारी क्षेत्रीहरुको संस्था ‘ गजकेशर थामे अधिकारी कल्याण समाज ’ ले राजधानी काठमाडौंमा मैत्रीपूर्ण फुटसलको श्रृखला शुरु गर्न लागेकाे हाे । मैत्रीपूर्ण फुटसल काठमाडौंको टोखा नगरपालिकास्थित भत्केको पुलमा रहेको फ्रेण्ड स्टार फुटसलमा अाज पुस २० गते, शनिबार दिउँसो ०३:०० बजेदेखि ०४:०० बजेसम्म हुने छ ।

पहिलो मैत्रीपूर्ण फुटसल खेल आयोजक गजकेशर थामे अधिकारी कल्याण समाज मार्पाकका विरुध्द थला गाउँ सेवा समाजबीच हुने छ, भने विभिन्न टिम तथा क्लबहरुले मैत्रिपूर्ण फुटसल खेल खेल्न सक्ने र खेल्नको लागि अग्रिम टिम दर्ता गराउनु पर्ने व्यवस्था रहेको संयोजक काजीराम अधिकारी क्षेत्रीले बताए । हाल मैत्रीपूर्ण फुटसलबाट शुरु गर्दै यसलाई खुल्ला प्रतियोगिताको रुपमा विकास गर्ने लक्ष्य रहेको आयोजकले जनाएको छ ।

यस समाजले नेत्रावती डबजोङ्ग गाउँपालिका स्तरिय हस्तलेखन प्रतियोगिता, मार्पाक प्रिमियर लिग ( एमपिएल ) मा सह – प्रयोजन गरिरहेको छ, भने गजकेशरका सन्तानहरुलाई मृत्युपश्चात काजकृया खर्च समेत प्रदान गर्दै आईरहेको छ । साथै आगामी दिनमा विद्यार्थीहरूको लागि छात्रवृत्ति अक्षयकोष समेत स्थापना गर्ने लक्ष्य रहेको छ । यस समाजका हरेक कार्य समितिका हरेक पदाधिकारीहरुले पालैपालो मैत्रीपूर्ण फुटसलको लागि प्रायोजक गरिएको छ ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*