इस्वी संवतको पहिलो दिन नेपाली टोपी र राष्ट्रिय पोशाक दिवस मनाइँदै

संवाददाता
२०८१ पुष १७, बुधबार ०६:४२

हेटौंडा । आज इस्वी संवतको नयाँ वर्ष २०२५ को अवसरमा राष्ट्रिय पोशाक र टोपी दिवस मनाइँदै छ। यो दिवस विशेषतस् नेपाली टोपी र पोशाकको सांस्कृतिक महत्त्वलाई प्रवर्द्धन गर्ने उद्देश्यले मनाइन्छ। केही वर्षअघि देखि स्वतःस्फूर्त रूपमा यस दिनलाई राष्ट्रिय पोशाक दिवसको रूपमा मनाउन थालिएको हो।

नेपाली टोपीको सांस्कृतिक र ऐतिहासिक महत्त्वलाई ध्यानमा राख्दै, यस दिनको आयोजना गरिन्छ। नेपाली टोपीको विशेषता भनेको यसको पहिचान र विविधता हो, जुन बङ्गलादेशको ढाका, कश्मीर, टर्की, कैलाश पर्वत र पाल्पासँग पनि जडित छ। विशेष रूपमा, भाद्गाउँले टोपी र ढाका टोपीलाई नेपाली टोपीको रूपमा चिनिन्छ।

यद्यपि, विभिन्न समुदायका मानिसहरूले आफ्ना सांस्कृतिक पहिचानको आधारमा विभिन्न प्रकारका टोपी लगाउने परम्परा पनि कायम राखेका छन्।

 

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*