एमालेको हेटौंडा नगर अधिवेशन अन्तर्गत ३२७ जनाले गरे मतदान
हेटौंडा । नेपाल कम्युनिस्ट पार्टी (एमाले) हेटौंडा उपमहानगर कमिटीको दोस्रो नगर अधिवेशनमा आज मतदान सम्पन्न भएको छ । निर्वाचन सर्बसम्मत कार्यसमिति गठन गर्न नसकेपछि गरिएको नेपाल कम्युनिस्ट पार्टी (एमाले) मकवानपुरले जानकारी दिएको छ ।
गत शनिबार उद्घाटन समारोह आयोजना गरिएको अधिवेशनमा हेटौंडा उपमहानगर कमिटीका लागि १६ जनाले उम्मेदवारी दिएका छन् । अध्यक्ष पदको लागि जनरल श्रेष्ठ (जेन) र बोल बहादुर कार्की बीच प्रतिस्पर्धा भइरहेको छ । उपाध्यक्ष पदको लागि ईन्द्र प्रसाद खतिवडा, धनबहादुर मोक्तान र राजकुमार बास्तोला बीच प्रतिस्पर्धा भइरहेको छ ।
त्यसैगरी, सचिब पदको लागि प्रकाश बानियाँ र शान्ता गौतम (प्रदीप) उम्मेदवार छन्। । उप सचिब पदको खुल्ला तर्फ अर्जुन प्रसाद अर्याल, कबि रेग्मी, भिम तिमल्सीना, शान्तेकुमार लामा तामाङ्ग, शिब बहादुर थापा र सुरेश मिजार (बेरोजगार) बीच प्रतिस्पर्धा भइरहेको छ । महिला उपसचिव पदको लागि चन्द्रावती पनेरु अधिकारी, जुना दंगाल र रञ्जिता सिलवालका बीच उम्मेदवारी परेको छ ।
हेटौंडा उपमहानगरपालिका -५ सानोपोखरा पुष्लालस्थित नेपाल कम्युनिस्ट पार्टी (एमाले) मकवानपुरको पार्टी कार्यालयमा भइरहेको निर्वाचनमा ३३४ मतदाता रहेका छन्। जस मध्य
३२७ जनाले मतदान गरेका छन् । मतगणना आजै अपराहन्न ४ बजे बाट पुष्लालस्थित नेपाल कम्युनिस्ट पार्टी (एमाले) मकवानपुरको पार्टी कार्यालयमा हुने भएको छ ।