एमालेलाई कमजोर बनाउन विदेशी शक्तिहरू लागि परेका छन् : सांसद बर्तौला

संवाददाता
२०८१ मंसिर २९, शनिबार २०:१४

 नेकपा एमालेका सांसद तथा प्रमुख सचेतक महेश बर्तौलाले यो देशमा एमालेलाई कमजोर बनाउन विदेशी शक्तिहरू घुँडा टेकेर लागेको भन्दै सशक्त ढङ्गबाट आफूहरूले प्रतिवाद गर्न आवश्यक रहेको बताउनुभएको छ। नेकपा एमालेसँग जोडिएका कुनै पनि नेता कार्यकर्ताहरुले गल्ती गरेको अवस्थामा तत्कालै कारबाही गरिने गरिएको भन्दै नयाँ आएको पार्टी रास्वपाले यति धेरै आरोपका बावजुद हिरासतबाटै पार्टी चलाइरहेको आरोप लगाउनुभएको छ।

हेटौडा स्थित रोयल पार्टी प्यालेसमा भएको नेपाल कम्युनिस्ट पार्टी एमालेको दोस्रो नगर अधिवेशनको उद्घाटन समारोहलाई सम्बोधन गर्दै उहाँले यस्तो बताउनुभएको हो ।  शालिकराम पुडासैनी को अध्यक्षतामा भएको कार्यक्रममा नेकपा एमाले केन्द्रीय कमिटी सदस्य रामेश्वर राणाको प्रमुख आतिथ्यता रहेको थियो।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*