चितवनको भरतपुरमा पुस २ गते मेरो पहिलो रक्तदान कार्यक्रम हुने

संवाददाता
२०८१ मंसिर २७, बिहीबार १९:२३

चितवन । चितवनको भरतपुरमा पुस २ गते मेरो पहिलो रक्तदान कार्यक्रम हुने भएको छ । उक्त रक्तदान कार्यक्रम मिसन रेड अभियान अन्तर्गत हुँदै छ, भने कार्यक्रम चाँहि चितवनको भरतपुरस्थित भरतपुर अस्पताल परिसर हुने छ । उक्त रक्तदान कार्यक्रम पुस २ गते, बिहान ०८:०० बजेदेखि हुने छ, भने कार्यक्रममा भरतपुर अस्पतालले सहकार्य गर्ने छ । मिसन रेडमा देशभर देखिएको चरम रक्त अभाव समाधान गर्न एस.डि फाउन्डेसनले सुरुवात गरेको एक अभियान हो । मिसन रेड अभियानले देशैभर रक्त अभाव समाधान गर्ने लक्ष्य राखेको छ । १ वर्षमा ५ हजार पिन्ट रगत संकलन गर्ने लक्ष्य राखेको मिसन रेडले अहिलेसम्म १ हजार २ सय पिन्ट रगत संकलन गरेको छ, भने रगत व्यवस्थापन सम्बन्धि विभिन्न कार्यक्रमहरु गर्दै आइरहेको समेत छ ।

यसैगरी, मिसन रेड १ वर्ष भित्रमा ५ हजार पिन्ट रगत संकलन गर्ने र १० हजार युवाहरुलाई रक्तदान सम्बन्धि उत्प्रेरणा तथा रगत अभाव व्यवस्थापन सम्बन्धि तालिम संचालन गर्ने लक्ष्य राखेको छ । त्यस्तै, डिजिटल प्लेटफर्म मार्फत ५० लाख मानिसहरुलाई रक्तदान गर्न उत्प्रेरित गर्ने र राष्ट्रव्यापी रक्तदान कार्यक्रम तथा उत्प्रेरणा कार्यक्रम आयोजना गर्ने छ, भने ब्लड बैंक डिजिटलाइज गर्ने उद्देश्यले सफ्टवेयर र रक्तदाता र बिरामीहरको लागि मोबाइल एप बनाउने लक्ष्य राखेको छ ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*