रवि लामिछानेमाथि अमावनीय व्यवहार रोक्न प्रचण्डको माग
काठमाडौं । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले रास्वपा पार्टीका सभापति रवि लामिछानेमाथि राज्यले गरिरहेको अमावनीय व्यवहार रोक्न माग गर्नुभएको छ ।
सहकारीको रकम हिनामिनाको आरोपमा थुनामा रहेका लामिछानेमाथि सरकारले प्रतिशोषपूर्ण, निरंकुश, अमानवीय र अलोकतान्त्रिक व्यवहार गरेको भन्दै प्रचण्डले निन्दा पनि गर्नुभएको छ । उहाँले यस्ता व्यवहार रोक्न पनि माग गर्नुभएको छ ।