प्रधानमन्त्री ओली आज नेपाल फर्कँदै

संवाददाता
२०८१ मंसिर २०, बिहीबार ०८:४५

प्रधानमन्त्री केपी शर्मा ओली आज चीनको चारदिने औपचारिक भ्रमण पूरा गरी स्वदेश फर्किनु हुँदैछ । उहाँले चीनका राष्ट्रपति सी जिनपिङसँग भेटवार्ता गर्दै नेपाल–चीन द्विपक्षीय सम्बन्ध, व्यापार, र विकाससम्बन्धी समझदारीपत्रमा हस्ताक्षर गर्नुभएको थियो। यस भ्रमणमा विभिन्न सम्झौताहरू साँचिएका छन्, जसमा टोखा–छहरे सुरुङमार्ग निर्माण, नेपाल–चीन व्यापार अभिवृद्धि, र भैँसीको मासु निर्यातसम्बन्धी प्रोटोकल समावेश छन्। प्रधानमन्त्री ओलीले चीनका समकक्षीलाई नेपाल भ्रमणको निम्ति पनि निमन्त्रणा दिनुभएको छ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*