शिक्षा प्रणालीमा सुधारको लागि देउवाले संघीय शिक्षा ऐनको तिव्र पहल गर्ने प्रतिबद्धता जनाए

संवाददाता
२०८१ मंसिर १९, बुधबार १७:५०

नेपाली काँग्रेसका सभापति एवं पूर्वप्रधानमन्त्री शेरबहादुर देउवाले मुलुकको शिक्षा प्रणालीमा सुधार ल्याउन संघीय शिक्षा ऐन, उच्च शिक्षा ऐन र प्राविधिक शिक्षा ऐन छिटो ल्याउनका लागि पहल गर्ने घोषणा गर्नुभएको छ।

बुधवार सानेपामा पार्टीको शिक्षा विभागले आयोजना गरेको एक कार्यक्रममा बोल्दै, उहाँले यी तीन ऐनहरूलाई तिव्र गतीमा प्रक्रिया गर्ने प्रति आफ्नो पार्टीको प्रतिबद्धता व्यक्त गर्नुभयो। देउवाले भन्नुभयो कि, “मुलुकमा रहेका शिक्षा सम्बन्धी समस्याहरूको समाधानको लागि यस्ता ऐनहरू अतिआवश्यक छन्।”

सभापति देउवाले, हालका दिनहरूमा कक्षा १२ उत्तीर्ण गरेका विद्यार्थीहरूको विदेश पलायनको समस्या गम्भीर बन्दै गएको र यसले नेपालको शिक्षा प्रणाली र रोजगारका अवसरलाई ठूलो चुनौती दिइरहेको औंल्याउनुभयो। “विद्यार्थीहरूको अभावमा देशभरका क्याम्पसहरू बन्द हुने अवस्थामा पुगेका छन्। यो देशको समग्र विकासका लागि खतरा हो,” उहाँले भने।

उहाँले थप्नुभयो कि, नेपाललाई एक प्रमुख अन्तर्राष्ट्रिय शिक्षा गन्तव्यको रूपमा स्थापित गर्नुपर्ने आवश्यकता छ। “नेपालका विद्यार्थीहरू विदेश जानु भनेको देशको लागि खेदको कुरा हो,” देउवाले भने।

उनले शिक्षा प्रणालीलाई रोजगारसँग जोडेर युवाहरूलाई स्वदेशमै अवसर दिने वातावरण बनाउनुपर्ने महत्त्वपूर्ण कुरा उठाउनुभयो। “विद्यालयदेखि विश्वविद्यालयसम्मका पाठ्यक्रममा समयअनुसार परिवर्तन र सुधार आवश्यक छ,” उहाँले जोड दिनुभयो।

आगामी ४०-५० वर्षको योजना बनाएर शिक्षा नीति निर्माण गर्ने संकेत गर्दै देउवाले नेपालको भविष्यका लागि समृद्ध शिक्षा प्रणाली निर्माणमा आफ्नो पार्टीको प्रतिबद्धता पुन: स्पष्ट पार्नुभयो।

सभापति देउवाले शिक्षामा परिवर्तनका लागि बजेटमा वृद्धि र रुपान्तरणको आवश्यकता रहेको पनि बताए।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*