हेटौंडा अस्पतालद्वारा एएचएफ नेपालको सहयोगमा एचआइभी सचेतना कार्यक्रम सम्पन्न

संवाददाता
२०८१ मंसिर १६, आईतवार १४:३१

हेटौंडा । हेटौंडा अस्पतालद्वारा एएचएफ नेपालको सहयोगमा एचआइभी सचेतना कार्यक्रम सम्पन्न
भएको छ । हेटौंडा अस्पतालद्वारा एएचएफ नेपालको सहयोगमा माइती नेपालमा आवद्द महिलाहरुलाई सचेतना कार्यक्रम दिएको हो ।

कार्यक्रमले एचआइभी रोकथाम, उपचार, र कलंक घटाउने महत्त्वबारे प्रशिक्षार्थी महिलाहरूलाई शिक्षित र सशक्त बनाउन विशेष ध्यान केन्द्रित गरेको हो । कार्यक्रम सहभागीहरूलाई जीवन्त छलफल र गतिविधिहरूमा सक्रिय रूपमा संलग्न गराउने ध्यानाकर्षण गराएको थियो । साथै एएचएफ नेपालले टी-सर्ट पनि पुरस्कारस्वरूप प्रदान गरेको थियो ।

कार्यक्रममा सहभागीहरूले आफूलाई एचआइभी सम्बन्धी ज्ञान र जागरूकताको दूतको रूपमा भूमिका निर्वाह गर्न अझ उत्प्रेरित र सशक्त बनाएको बताए ।

कार्यक्रममा मकवानपुर जिल्लाका सरोकारवालाहरू, MPG, GWP, र फ्रेन्ड्स हेटौंडाका प्रतिनिधिहरूकोहरूको उल्लेखनीय उपस्थिति रहेको थियो।

 

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*