हेटौंडा–१२ मा भोलि हुने उपनिर्वाचनको सम्पूर्ण तयारी पुरा

संवाददाता
२०८१ मंसिर १५, शनिबार ०८:५४

हेटौंडा । हेटौंडा–१२ मा मंसिर १६ गते भोली हुने उपनिर्वाचनको सम्पूर्ण तयारी पुरा भएको छ । चुनावमा आवश्यक सम्पुर्ण काम पूरा भएको मकवानपुरका प्रमुख जिल्ला अधिकारी तिर्थराज चिलुवालले बताउनु भयो । चुनावका लापि मतपत्र, मत पेटिका, निर्बाचनमा खटिने कर्मचारी समेत पुगेर सबै कामको तयारी गरिसकेको चिलुवालले बताउनु भयो ।

भोलि हुने उपनिर्वाचन चुनाव शान्त , भयरहित वातावरणमा सम्पन्न गराउन सबै दलहरु एकताबद्व भएर सहमत भएको र त्यही अनुसार काम भइरहकेो उहाँले बताउनु भयो ।

निर्वाचनका लागि सुरक्षा व्यावस्था पनि कडा पारिएको छ । नेपाली सेना, ससस्त्र प्रहरी पर्याप्त रुपमा परिचालन गरिएको प्रमुख जिल्ला अधिकारी चिलुवालले बताउनु भयो । आम मतदाताहरुलाई भयरहित वातावरणमा मतदान गर्ने वातावरण तयार गर्नका लागि सुरक्षाकर्मी र कर्मचारी लागिपरेको उहाँले बताउनु भयो ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*