ताेरी खेतिप्रति आकर्षित हुँदै आल्दमार र तल्लाेतालका किसान

अम्बिका बस्नेत
२०८१ कार्तिक २९, बिहीबार १७:५९

हेटौंडा । मकवानपुर जिल्ला ताेरी खेतिकाे लागि प्रख्यात मानिन्छ । विगतका वर्षहरूमा ताेरी खेति केही बर्ष फष्टाए पनि आधा दशक यता भने ताेरी बाली सुस्ताएकाे थियाे । तर गत बर्षदेखि ताेरी बालीमा आम्दानी हुन थाले पछि तोरी खेतीप्रति किसानहरु आकर्षित भएका छन् । त्यस्तै मकवानपुर जिल्लाकाे हेटौंडा उपमहानगरपालिका ११ तल्लाेताल र हेटौंडा १२ आल्दमारका किसानहरुले पनि ताेरी खेति गरेका छन् । तेलहन बालीकाे रुपमा रहेकाे ताेरी खेतिप्रति यहाँका किसानहरुकाे आकर्षण देखिएकाे छ ।

नेपालमा दुई लाख ६० हजार ३०७ हेक्टर क्षेत्रफलमा तेलहन बाली गरिँदै आएको छ । यहाँ वार्षिक दुई लाख ८० हजार ५३० मेट्रिक्टन उत्पादन हुने गरेको ज्ञान केन्द्रले जनाएको छ । तेलहन बाली गरिने क्षेत्रमध्ये ९० प्रतिशत क्षेत्रमा तोरी खेती गरिने गरिएको छ । दश प्रतिशत क्षेत्रफलमा सूर्यमुखी, सरस्यूँ, तिल, आलस जस्ता तेलहन बाली गरिने गरिन्छ । कैलाली, बर्दिया र दाङमा विशेषगरी तोरी खेती बढी गरिन्छ । पहिलेपहिले तोरीका लागि प्रख्यात जिल्ला मानिएको चितवन र मकवानपुरमा पछिल्ला वर्षमा भने उत्पादन घट्दै गएको थियो । तर गत बर्षदेखि मकवानपुर जिल्लाका किसानहरु पनि तोरी खेतितर्फ आकर्षित भएका छन् ।

हेटौंडा १२ आल्दमारमा सिचाइ कम हुने हुँदा धान राेपिदैन भने कहिकतै मात्रै विधुतीय माेटरकाे भरमा सिचाइ हुने गरेकाे छ । त्यस ठाउँमा प्रख्यात रहेकाे कादाे , मकै र ताेरी जस्ता बालीहरु १२ महिनानै त्यहाँका किसानहरु लगाउने गर्दछन् । हालै धान नराेपेता पनि मकै थन्काई सकेपछि उक्त ठाउँमा ताेरी राेपिएकाे आल्दमारका किसान खड्क बहादुर चापागाईंले बताए । ताेरी खेतबाट तेल आयात न्यूनीकरणमा मद्दत पुग्ने हुनाले पनि यसकाे महत्त्व छ । ताेरी छरिसकेपछि साग , सागबाट बनेकाे गुन्द्रुक खान मिल्छ भने यसकाे फलबाट तेल निकाल्न सकिन्छ । ताेरीकाे तेल खानकाे लागि प्रयाेग गरिन्छ त्यसबाट निस्किएको पिना मलकाे रुपमा पुर्ण: अन्नबालीमा छरिने गरेकाे चापागाईंले बताए ।

नेपालमा तोरी तेलको बढ्दो माग र स्वास्थ्य लाभको बारेमा बढ्दो जनचेतनाले तोरी खेतीको पुनः उत्थानको सम्भावना उत्पन्न गरेको छ ।

बजारीकरण गरिएको तेल भन्दा बारीमा उत्पादन गरिएकाे ताेरीकाे तेलकाे प्रयाेगले स्वास्थ्यकाे लागि फलदायी हुने तल्लाेतालका किसान शेरबहादुर वाइबाले बताए । ताेरी खेतिले तेलकाे मागकाे पुर्ति गर्ने र बाहिरी मुलुकबाट तेलकाे आयात गर्न नपर्ने उनले बताए । उनले भाडाकाे जग्गामा पनि ताेरी खेति गरिरहेका छन् । एक बाली ताेरीले बर्ष भरि तेल किन्न पर्ने झन्झटबाट मुक्त हुने उनले बताए । एक बालीमा ताेरी ३ देखि ४ कुन्टलसम्म आउने वाइबाले बताए ।

नेपालको तोरी उत्पादकत्व हाल प्रति हेक्टर औसत १ हजार १ सय किलोग्राम रहेको छ, जुन विश्वव्यापी औसत २ हजार किलोग्रामभन्दा कम छ । कृषि विज्ञहरूको अनुसार उन्नत खेती प्रोटोकल र कृषकलाई प्रोत्साहन गर्ने उपायहरू लागू गरेमा नेपालमा तोरी उत्पादनमा वृद्धि गर्न सकिन्छ । यसका लागि कृषि अनुसन्धान र नयाँ प्रविधिहरूको प्रयोग अत्यन्त आवश्यक रहेको बताइएको छ ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*