मकवानपुरका शिक्षकमाथि गोली प्रहारको आरोपित तीन मध्य, एक जना पक्राउ

संवाददाता
२०८१ कार्तिक २८, बुधबार १५:१३

हेटौंडा, मकवानपुर । सिन्धुलीमा एक शिक्षकमाथि गोली प्रहार गर्ने घटनामा संलग्नताको आरोपमा प्रहरीले ३० वर्षीय विजनन्दन ठाकुरलाई पक्राउ गरेको छ । उनी सर्लाहीको बागमती नगरपालिका–७, तुफानपुरका निवासी हुन्।

सिन्धुली जिल्ला प्रहरी कार्यालयको टोलीले सोमबार ठाकुरलाई सर्लाहीबाट पक्राउ गरेको हो । प्रहरीका अनुसार, उनलाई पाँच दिनको हिरासतमा राख्नको लागि सिन्धुली जिल्ला अदालतबाट अनुमति प्राप्त गरिएको छ ।

घटना के हो?
गत आइतबार दिउँसो साढे २ बजे सिन्धुलीको हरिहरपुरगढी गाउँपालिका–१ मा मकवानपुरका शिक्षक प्रेमबहादुर बोम्जनमाथि गोली प्रहार भएको थियो । गोली बोम्जनको गालामा लागेको थियो, र उनलाई तत्कालै काठमाडौंको ह्याम्स अस्पतालमा उपचारका लागि लगिएको थियो ।

प्रहरीले शिक्षकको बयान र अनुसन्धानका आधारमा उक्त घटनामा तीन जनाको संलग्नता रहेको पत्ता लगाएको छ । घटनास्थलको नजिकैको सुरक्षा अवस्था र अन्य साक्ष्यहरूको आधारमा ठाकुरलाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय सिन्धुलीले जनाएको छ ।

 

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*