मेची-महाकाली साईकल यात्री आइपुगे हेटौंडा
हेटौंडा । प्रदुषण रहित शहर बनाउने उद्देश्यले मेची-महाकाली साइकल यात्री हेटौंडा आइपुगेका छन् । साईकल यात्रा हिमालयन राइडर्स सोसाइटी मकवानपुरको आयोजनामा भएको हो ।
मेची-महाकाली साईकल यात्रा १० दिन सम्म हुने छ,भने आज ४ दिन भएको छ । प्रदुषित वातावरणको कारण शहर धुलाम्मे भएको जस कारण प्राणि जगतमा ठुलो असर परेको हुनाले प्रदुषण रहित वातावरणको उद्देश्य लिएर मेचीमहाकाली साईकल यात्रा गरिएको यात्री वरुण खतिवडाले बताउनु भयो ।
मेचीबाट सुरु भएको साइकल यात्रा चार दिनमा हेटौडा आइपुगेको हो । जलवायु न्यायका लागि साइकल यात्रा भन्ने नाराका साथ सुरु गरिएको साइकल यात्रामा तीन जना ५० वर्ष माथिका यात्री रहेका छन् । जसमा मकवानपुरका ६९ बर्षिय कृष्णप्रसाद आचार्य , ६२ बर्षिय पृथ्वी बहादुर रायमाझी र ५७ बर्षका वरुण खतिवडा रहेका छन् ।
यसअघि पनि २०५४ सालमा ११ जना र २०८० सालमा १३ जना मकवानपुरका साईकल यात्रीहरुले मेची-महाकाली साईकल यात्रा सम्पन्न गरि सकेका छन् ।