सिन्धुलीको हरिहरपुरमा प्रधानाध्यापक माथि गोली प्रहार

संवाददाता
२०८१ कार्तिक २५, आईतवार १९:१८

हेटौंडा । सिन्धुलीको हरिहरपुरगढी गाउँपालिकामा स्थित हप्सेमा एक प्रधानाध्यापक माथि गोली प्रहार भएको छ। बागमती गाउँपालिका–१ का ५५ वर्षीय प्रेमबहादुर बोम्जन माथि गोलि प्रहार भएको हो । बोम्जन बकैया गाउँपालिका–३ हातिसुडेस्थित बुद्ध माध्यमिक विद्यालयका प्रधानाध्यापक हुन् ।

बोम्जन मकवानपुरबाट प्रदेश २–००३–००६ प ८४५४ नम्बरको मोटरसाइबाट सिन्धुलीतर्फ जाने क्रममा गोलि प्रहार भएको प्रहरी नायव उपरीक्षक अनिल कुमार खड्काले जानकारी दिए । प्रहरीको अनुसार तिन जना अपरिचित व्यक्तिहरूसँग जडान रहेको समूहले मोटरसाइकलमा सवार बोम्जनमाथि गोली प्रहार गरेको पुष्टि गरेको छ।

हप्से क्षेत्रमा तीन जनाको समूहले मोटरसाइकल रोकेर बोम्जनलाई लक्षित गरी छोटो हतियार (कट्टा) प्रयोग गरेर गोली चलाएको र गोली प्रहारसँगै ती तीनजना फरार भएको
प्रहरीले जनाएको छ।

गोली बोम्जनको दाँतमा अड्किएको छ भने हेलमेटको दायाँ तर्फको गाला छेडिएको छ। यद्यपि बोम्जनको अवस्थामा खतरा नदेखिएको र उनलाई सर्लाहीस्थित मोडल अस्पतालमा प्राथमिक उपचार पछि थप उपचारका लागि वीरगन्जको वयोधा अस्पताल पठाइएको छ। उनका भाइ दिल बहादुर बोम्जन भने सकुशल रहेका छन्।

प्रहरीले घटनामा संलग्न फरार व्यक्तिहरुको खोजी तीव्र पार्दै अनुसन्धान गरिरहेको छ ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*