बागमती प्रदेश सरकारको एक सय दिनको उपलव्धी आगामी मंसिर ३ गते सार्वजनिक गर्दै
हेटौंडा । आगामी मंसिर ३ गते बागमती प्रदेश सरकारको एक सय दिनको उपलव्धी सार्वजनिक गर्ने भएको छ। नेपाली कांग्रेस र नेकपा एमालेबीचको गठबन्धनको बागमती प्रदेशस्तरीय संयन्त्रको बैठकमा उक्त निर्णय गरिएको हो। बैठकको अध्यक्षता नेपाली कांग्रेसका बागमती प्रदेश सभापति इन्द्रबहादुर बानियाँले गरेका थिए।
बैठकमा बागमती प्रदेश सरकारका मन्त्रीहरूको संयुक्त बैठक मंसिर ३ गते हेटौंडामा आयोजना गरिने र त्यसमा बागमती प्रदेश सरकारका एक सय दिनका उपलब्धी र आगामी कार्यक्रमहरूको बारेमा जानकारी दिइने निर्णय भएको नेपाली कांग्रेसका मुख्यसचिव राजु नेपालले बताए।
त्यसैगरी, बैठकले बागमती प्रदेशका सबै जिल्लामा संयन्त्र निर्माण गर्न र आगामी बैठकहरूलाई दुबै दलका जिल्ला तहसँग समन्वय गरेर आयोजना गर्न निर्देशन दिएको छ। संयन्त्रको सचिवालयमा नेपाली कांग्रेस र नेकपा एमालेका तर्फबाट एकरएक जना सदस्य रहने र बैठक महिनामा कम्तीमा एक पटक बस्ने निर्णय गरिएको छ।
बैठकमा नेपाली कांग्रेस र नेकपा एमालेका प्रमुख नेताहरूको उपस्थिती रहेको थियो ।