मिथिलामा अक्षय नवमी पर्व मनाइँदै

संवाददाता
२०८१ कार्तिक २५, आईतवार ०६:३३

हेटौंडा । आज मिथिलामा अक्षय नवमी पर्व मनाइँदै छ। यो पर्व कात्तिक शुक्ल नवमीको दिन मनाइन्छ ।

यसलाई मिथिलामा धातृ नवमी र इच्छा नवमी पनि भनिन्छ। यस दिन विशेषगरी अमला रुखको फेदमा खाना खाइने परम्परा छ, जसलाई मैथिल समाजमा विशेष महत्व दिइन्छ।

मिथिलामा यस अवसरमा अमलाका परिकार (अचार, मुरब्बा, चटनी) तयार गरिन्छ र शाकाहारी भोजनको परम्परा जारी राखिन्छ। यस पर्वको एक विशेषता भनेको बगैँचा र वनक्षेत्रमा अमलाका रुखमुनि वनभोज आयोजना गर्नु हो। जानकी मन्दिरका महन्त रामतपेश्वर दास वैष्णवका अनुसार, यस पर्वमा अमलाका विभिन्न परिकार बनाइन्छ, जसले पारिवारिक मेलमिलाप र एकताको वातावरण सिर्जना गर्छ।

मैथिल संस्कृति परम्पराका जानकार शिवदत्त मिश्रका अनुसार, यस पर्वले चिसो मौसम आउनु अघि अमलाका गुणकारी फलको प्रयोग बढाउने सन्देश दिन्छ। बेलुका परिवारका सबै सदस्य मिलेर सहभोजमा सहभागी हुने परम्परा पनि यस पर्वसँग जोडिएको छ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*