दराजले आफ्नो बहुप्रतिक्षित सेल दराज ११.११को आयोजना गर्दै

संवाददाता
२०८१ कार्तिक २३, शुक्रबार १९:३२

काठमाडौ । नेपालकै अग्रणी ई–कमर्स प्लेटफर्म, दराजले आफ्नो बहुप्रतिक्षित सेल दराज ११.११को आयोजना गर्दै छ । नेपालमा वर्षकै ठुलो सेलका रूपमा परिचित दराज ११.११ यस वर्ष, नोभेम्बर ११ देखि २१ सम्म आयोजना हुने भएको छ ।

बहुप्रतिक्षित यस सेलमा थप आकर्षण थप्न यस वर्ष फ्ल्यास सेलमार्फत ८० प्रतिशत सम्म छुट, देशभर निःशुल्क डेलिभरी सुविधा, र ३ करोड रुपैयाँ सम्मका भौचरहरूका साथै अविश्वसनीय छुट लगायत सुविधाहरू समेत उपलब्ध हुनेछन् ।

यस वर्षको दराज ११.११ सेलका लागि दराज नेपालले सात ओटा डाइमन्ड ब्रान्ड पार्टनरहरू राखेको छ, जसमा सेटाफिल, रोहोतो मेन्थोलाटम, मसलब्लेज, जुभारा, बोट, एडिडास, र बाल्ट्रा समावेश छन् । प्लेटिनम पार्टनरहरूमा टेक्नो, परफेट्टी, ग्रीनलाइफ एक्स्पिरियन्स, एंकर्स, डा. शेत, र एवीबी रहेका छन्। साथै, गोल्ड ब्रान्ड पार्टनरहरूमा भ्यान्स, मुनस्टार, अस्तावुल्फ, ईप्लाजा, मामाअर्थ, पिलग्रिम, र जेब्रोनिक्स रहेका छन् ।

यसै गरी, दराजले १० ओटा बैङ्क र २ ओटा वालेट पार्टनरहरूसँग मिलेर ११.११ सेलमा प्रिपेमेन्ट मार्फत २५०० सम्मको छुटहरू प्रदान गर्ने व्यवस्था पनि गरेको छ । यी बैङ्कका डेबिट कार्डहरू मार्फत डिजिटल प्रिपेमेन्ट गर्दा ग्राहकहरूले १५ प्रतिशत छुट, अधिकतम २००० सम्म, प्राप्त गर्न सक्ने दराजले जानकारी दिएको छ । साथै, क्रेडिट कार्ड प्रयोग गर्ने ग्राहकहरूले २० प्रतिशत छुट, अधिकतम २५०० सम्म प्राप्त गर्न सक्ने व्यवस्था गरिएको छ ।

ग्राहकहरू नबिल बैङ्क, हिमालयन बैङ्क, सानिमा बैङ्क, एभरेस्ट बैङ्क, एनएमबी बैङ्क, माछापुच्छ्रे बैङ्क, सिटिजन्स बैङ्क, नेपाल बैङ्क, ज्योति विकास बैङ्क, र महालक्ष्मी विकास बैङ्क मार्फत उपर्युल्लिखित छुट पाउन सक्नेछन् । त्यस्तै, आफ्नो ई–सेवा र आईएमई पे वालेट मार्फत प्रिपेमेन्ट गर्ने ग्राहकहरूले पनि दराज ११.११ को विभिन्न समयमा छुट प्राप्त गर्न सक्नेछन् ।

यी रोमाञ्चक अफरहरूका साथै, यस अभियान मार्फत दैनिक रूपमा ११, १११ र ११११ रुपैयाँका डिलहरू पनि सेलमा रहनेछन् । खरिदकर्ताहरूले ६९९, ९९९, १९९९ र २९९९ रुपैयाँभन्दा कममा उत्कृष्ट डिल्स पाउन सक्नेछन् ।

साथै, दराज ११.११ सेल अवधिभर कम्तीमा ३५०० रुपैयाँको सामग्री खरिद गर्ने एक भाग्यशाली खरिदकर्ताले प्यानासोनिकको ३५०००० रुपैयाँ मूल्य बराबरको घरायसी सामग्रीको सेट जित्न सक्नेछन् । थप पाँच जना ग्राहकहरूले कामाख्या डेकोर, बागमती प्लास्टिक्स, सेटाफिल, मामाअर्थ, र जिना अल्केमीका तर्फबाट आकर्षक गिफ्ट ह्याम्परहरु पनि जित्न सक्नेछन् ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*