अमेरिकाकाे राष्ट्रपतिमा पूर्वराष्ट्रपति डोनाल्ड ट्रम्प विजयी
काठमाडौ । अमेरिकाकाे राष्ट्रपतिमा पूर्वराष्ट्रपति डोनाल्ड ट्रम्प विजयी हुनुभएको छ । पूर्वराष्ट्रपति डोनाल्ड ट्रम्प दोस्रो कार्यकालका लागि ४७औं राष्ट्रपतिमा निर्वाचित हुनुभएको हो ।
अमेरिकाको अहिलेकी उपराष्ट्रपति तथा डेमोक्र्याटिक पार्टीकी उम्मेदवार कमला ह्यारिसलाई हराएरकाे हाे ।
जीतका लागि दुई सय ७० इलेक्टोरल मत चाहिनेमा रिपब्लिकन उम्मेदवार ट्रम्पले दुई सय ७९ इलेक्टोरल मत ल्याउनुभएको छ । यद्यपि ट्रम्प विजयी भएकाे औपचारिक घाेषणा हुन बाँकी नै छ । कमला ह्यारिसले दुई सय २३ मत ल्याउनुभएको छ । अमेरिकाकाे राष्ट्रपतिमा निर्वाचित हुन कुल पाँच सय ३८ मतमध्ये कम्तीमा दुई सय ७० इलेक्टोरल मत ल्याउनुपर्छ ।
यसअघि डोनाल्ड ट्रम्प सन् २०१६ मा पनि अमेरिकी राष्ट्रपति पदमा विजयी हुनुभएको थियो ।
त्यस्तै नेपालका राष्ट्रपति रामचन्द्र पौडेलले अमेरिकाको राष्ट्रपतिमा निर्वाचित हुनुभएका डोनाल्ड ट्रम्पलाई बधाई दिनुभएको छ ।