कात्तिक नाच आजदेखि शुरूहुँदै

संवाददाता
२०८१ कार्तिक २१, बुधबार ०८:१४

काठमाडौ । कात्तिक नाच आजदेखि शुरूहुँदैछ । तीन सय त्रियासी वर्षदेखि चल्दै आएको कात्तिक नाच पाटन दरबार क्षेत्रको कात्तिक डबलीमा आजदेखि नाच सञ्चालन हुने भएको छ । यो नाच भगवान विष्णुका १७ कथासँग जोडिएको मान्यता छ ।

आउँदो ३० गतेसम्म सञ्चालन हुने नाचमा हरेक दिन फरक–फरक कथामा आधारित रहेर लिलाअनुसारका नाच देखाइने कात्तिक नाच संरक्षण समितिका अध्यक्ष तथा कलाकार किरण चित्रकारले जानकारी दिनुभयो । नेपाल संवत् ७६१ अर्थात् वि.सं.१६९७ मा ‘कात्तिक नाच’को प्रारम्भ भएको इतिहासमा उल्लेख छ ।

मल्लकालीन राजा सिद्धिनरसिंहले ललितपुरका बासिन्दालाई भय र त्रासमुक्त गर्न यो नाच देखाउन थालेको मान्यता छ । यस नाचका सर्जक, स्रष्टा एवं प्रवर्तक सिद्धिनर सिंहका शिक्षागुरु पण्डित हरिवंश उपाध्याय र दीक्षागुरु विश्वनाथ उपाध्याय भएको उल्लेख छ । यो नाच शुरूमा पाँच दिन प्रदर्शन भएको थियो ।

सिद्धिनरसिंहका छोरा श्रीनिवास मल्लले ‘बाथःप्याखँ’ अर्थात् ‘लोक नाटक’, ‘सुदामा प्याखँ’र ‘सुरदास प्याखँ’थपेर यसलाई १५ दिन पुर्‍याए भनिन्छ । यसलाई नेवार समुदायमा समावेशी नाचका रूपमा पनि लिइन्छ । ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*