आजदेखि नेपाल संवत् ११४५ शुरु

संवाददाता
२०८१ कार्तिक १७, शनिबार ०९:२१

काठमाण्डौ । आजदेखि नेपाल संवत् ११४५ शुरु भएको छ । आज देशभर विविध कार्यक्रम गरी नेपाल संवत् मनाइँदैछ । यस संवत्लाई नेवार समुदायले नयाँ वर्षका रूपमा मनाउने गरेका छन् ।

राष्ट्रिय विभूति शंखधर साख्वाले ९३७ सालमा गरीब नागरिकको ऋण मोचन गरी नेपाल संवतको शुरुवात गर्नुभएको थियो ।

गरीब नागरिकको ऋण मोचन गराई सामाजिक सेवाको उत्कृष्ट नमूना प्रस्तुत गरेको र नेपालमा मौलिक संवतसमेत चलाएको भन्दै २०५६ सालको नयाँ वर्षका दिनमा तत्कालीन प्रधानमन्त्री कृष्णप्रसाद भट्टराईले साख्वालाई राष्टिय विभूति घोषणा गर्नुभएकोे थियो

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*