यमपञ्चक आजदेखि शुरू : धनतेरस मनाइँदै

संवाददाता
२०८१ कार्तिक १३, मंगलवार ०८:२३

काठमाडौ । हरेक वर्ष कात्तिक कृष्ण त्रयोदशीदेखि शुरू हुने तिहारको यमपञ्चक आजदेखि विधिवत् रुपमा शुरू हुँदैछ । कार्तिक कृष्ण त्रयोदशीदेखि कार्तिक शुक्ल द्वितीया पाँच दिनसम्म अर्थात् भाइटीकाका दिनसम्म यमदीपदान गर्ने शास्त्रीय विधि छ ।

आज बिहान ११ बजेर एक मिनेटसम्म द्वादशी र त्यसपछि त्रयोदशी तिथि लाग्ने भएकाले यमपञ्चक आजदेखि शुरू भएको हो । आज धनतेरस अर्थात् धनत्रयोदशी मनाइँदैछ । धनतेरसका दिन सुनचाँदीलगायतका गहना, सिक्का किन्ने गरिन्छ ।

यसवर्ष यमदीपदान भोलि अर्थात् बुधवारदेखि शुरू हुने नेपाल पञ्चाङ्ग निर्णायक विकास समितिले जनाएको छ । काग तिहार भोलि परेको समितिका अध्यक्ष श्रीकृष्ण अधिकारीले जानकारी दिनुभयो । धनवन्तरी जयन्ती पनि भोलि बुधवार परेको छ ।

त्यस्तै १५ गते कुकर तिहार परेको छ भने साेहि दिन साँझ लक्ष्मीपूजा पनि रहेकाे नेपाल पञ्चाङ्ग निर्णायक समितिले जनाएको छ ।साथै कात्तिक १६ गते औंशी परेकाे छ । कात्तिक १७ गते गाई गोरु तिहार परेको छ ।

 

 

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*