भाइटीकाको साइत ११ बजेर ३७ मिनेटमा
हेटौंडा । यस बर्ष कात्तिक १८ गते आइतबार भाइटीकाको परेकाे छ । भाइटीकाको साईत भने विहान ११ बजेर ३७ मिनेटमा रहेको नेपाल पञ्चाङ्ग निर्णायक समितिले जनाएको छ ।
त्यस्तै कात्तिक १४ गते काग तिहार, १५ गते कुकर तिहार परेको छ भने साेहि दिन साँझ लक्ष्मीपूजा पनि रहेकाे नेपाल पञ्चाङ्ग निर्णायक समितिले जनाएको छ ।
साथै कात्तिक १६ गते औंशी परेकाे छ । कात्तिक १७ गते गाई गोरु तिहार परेको छ ।