आज ‘राष्ट्रिय जलवायु सम्मेलन’ आयोजना हुने

संवाददाता
२०८१ कार्तिक १०, शनिबार ०८:४७

काठमाडौं । आज वन तथा वातावरण मन्त्रालयको आयोजनामा ‘राष्ट्रिय जलवायु सम्मेलन’ आयोजना हुने भएको छ । आज राष्ट्रिय जलवायु सम्मेलनुमा प्रधानमन्त्री केपी शर्मा ओलीले उद्घाटन गर्नु हुने भएको छ । वातावरण संरक्षण र जलवायु परिवर्तन व्यवस्थापनका प्रमुख मुद्दाहरूमा ध्यान केन्द्रित गर्ने अवसर प्रदान गर्नेछ।

डा. सिन्धुप्रसाद ढुङ्गानाका अनुसार, नोभेम्बर ११ देखि २२ तारिख (यही कात्तिक २६ देखि मङ्सिर ७ गते) सम्म अरजरबैजानको बाकुमा हुन गइरहेको जलवायु परिवर्तनसम्बन्धी संयुक्त राष्ट्रसङ्घीय संरचना महासन्धि (युएनएफसिसिसी) का पक्ष राष्ट्रहरुको २९औँ सम्मेलन (कोप–२९) लाई अर्थपूर्ण बनाउन सम्मेलन आयोजना गरिएको बताउनुभयो ।

उहाँले कोप–२९ मा लैजाने एजेन्डालाई अझै बढी प्रभावकारी बनाउन छलफल भएको सम्मेलनले सहयोग गर्ने बताउनुभएको छ ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*