मकवानपुरमा चोरी र लागूऔषध ओसारपसार आरोपमा नौ जना पक्राउ

संवाददाता
२०८१ कार्तिक ८, बिहीबार १९:२१

मकवानपुर । जिल्ला प्रहरी कार्यालय मकवानपुरले चोरी र लागूऔषध ओसारपसारको आरोपमा नौ जनालाई पक्राउ गरेको छ । बिहीबार आयोजित पत्रकार सम्मेलनमा प्रहरी उपरीक्षक विश्वराज खड्काले विभिन्न घटनाबारे जानकारी दिनुभएको हो ।

प्रहरीले १०५ किलो ६९ ग्राम गाँजा सहित बसामाडी–३ का २४ वर्र्षीय पन्चलाल थिङलाई पक्राउ गरेको छ । गाँजा एक योद्धा पिकअप गाडीमा लुकाइ राखिएको अवस्थामा बरामद गरिएको प्रहरी उपरीक्षक विश्वराज खड्काले जानकारी दिनुभयो ।

यसैबीच, हेटौंडा–९ स्थित सिमेन्ट उद्योगबाट चोरी भएको बिजुलीका तारहरुसहित तीन जनालाई पक्राउ गरिएको छ । पक्राउ परेका व्यक्तिहरूमा हेटौंडा–१२ का मनिराज थोकर, हेटौंडा–१३ का २८ वर्र्षीय सन्त बहादुर तितुङ, र भारत मोतिहारी जिल्ला चिरैया थाना वडा नंबर– ७ घर भई हेटौंडा– ४ स्थित फरेष्टी गेट नजिक कवाडी पसलका संचालन गर्ने दिल खुश कुमार साह रहेका छन्। ।

अर्को घटनामा, हेटौंडा–८ कर्णावती मार्गस्थित शिव गौतमको निर्माणाधिन घरबाट चोरी भएका तारहरुको अनुसन्धानको क्रममा हेटौंडा–८ कमानेका २६ वर्षीय सुमन राई र २५ वर्षीय समिर घिमिरेलाई नियन्त्रणमा लिइएको छ ।

हेटौंडा–८ क्याम्पामा हेटौडा फन भिल्लाबाट साउण्ड सिस्टम र नगद २० हजार चोरी गर्ने र हेटौंडा–२ स्थित शान्तीटोल बस्ने राजेश थापा क्षेत्रीको ना ३ प ४७३ नंबरको यामाहा कम्पनीको मोटरसाइकल चोरी गर्ने हेटौंडा–८ का २४ वर्षिय सुशान्त श्रेष्ठ पनि चोरीको मोटरसाइकल सहित पक्राउ परेका छन् ।

यसैगरी मकवानपुरगढि गाउँपालिका–२ शिखरकटेरी स्थित कान्तीलोक पथ सडकखण्डमा सवारी साधन रोकी चेकजाँच गर्ने क्रममा प्रदेश २–०१–००३ प ६१०५ नंबरको मोटरसाइकल चालक कञ्चनपुर जिल्ला बेलडी गाउँपालिका वडा नंबर–३ घर भई फाष्ट ट्रयाकमा वेल्डिबको काम गर्ने मिस्त्री २४ वर्षिय राजेश्वर चौधरी र निजको मामा राहुल चौधरीलाई लेनडांडाबाट ३७ किलो सेतो धातुको बिजुलीको तार चोरी गरी हेटौडा तर्फ लादै गरेको अवस्थामा पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय मकवानपुरले जनाएको छ ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*