सुप्रिम दहालको रिट: थुनुवाको न्यायिक प्रक्रियामा उपस्थितीको आवश्यकता

संवाददाता
२०८१ कार्तिक ८, बिहीबार ०९:५२

हेटौंडा । मुद्दाको सुनुवाईको क्रममा थुनुवालाई उपस्थित नगराएको भन्दै उच्च अदालत पाटन हेटौंडा ईजलाशले जिल्ला अदालत मकवानपुर, कारागार कार्यालय भिमफेदी समेतका नाममा कारण देखाऊ आदेश जारी गरेको छ ।

आफ्ना बिरुद्द भएका काम कारबाहीको प्रत्यक्ष जानकारी पाउने अधिकार संबिधानले थुनुवालाई प्रदान गरेको भन्दै रिट निबेदक सुप्रिम दहालले रिट निबेदन दिएका थिए ।कानुन बिषयमा स्नातक अध्ययनरत बिधार्थी दाहालले मानब अधिकारले प्रत्याभुत गरेको र नेपालको संबिधानले समेत न्यायको हतलाई मौलिक हकको रुपमा राखेको सन्दर्भमा न्यायिक सम्पादनको क्रममा थुनुवाको अधिकारलाई वेवास्ता गरिनु हुन्न भनेर रिट निबेदन दिएको बताउनुभयो ।

उच्च अदालत पाटन हेटौंडा ईजलाशका न्यायधिश सानुमैया डंगोलको ईजलाशले बिपक्षीहरुलाई १५ दिनभित्र लिखित जबाफ पेश गर्न आदेश दिनुभएको छ । कोभिडका कारण लकडाउन भएयता थुनुवालाई सुनुवाईका क्रममा अदालत उपस्थित गराउन छाडिएको छ । रिट निबेदन माथि भएको बहसमा बरिष्ठ अधिबक्ता सहित कानुन ब्यबसायीहरुले बहस गर्नुभएको थियो ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*